Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सरकारद्वारा पाँच जना सचिवको सरुवा,को-कहाँ पुगे ?

सरकारद्वारा पाँच जना सचिवको सरुवा,को-कहाँ पुगे ?

  • काठमाडौँ । नेपाल सरकारले पाँच जना सचिवको सरुवा गरेको छ । जेठ १० गते बसेको मन्त्रिपरिषद बैठकले निजामति सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सरुवा हुनेमा रवीन्द्रनाथ श्रेष्ठ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्र पुगेका छन् भने सुरेश आचार्य खानेपानी मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भएका छन् । 

    AGNI GROUP

    त्यसैगरी, मणिराम गेलाल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट खानेपानी मन्त्रालय पुगेका छन् । सचिव सुशीलचन्द्र तिवारी प्रमुख अधिकृत राष्ट्रिय सतर्कता केन्द्रबाट उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय पुगेका छन् । गोपालप्रसाद सिग्देल नेपाल ट्रस्टको कार्यालयबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव भएका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij