Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौ । नेपाली सेयर बजार नेप्से बुधबार १४.३७ अंकले सुधार भई नेप्से परिसूचक २२ सय ३१ दशमलव ५७ अङ्कमा पुगेर बन्द भएको छ। मंगलबार १६ अंकले बढेको सेयर बजार बुधबारको वृद्धिसँगै नेप्सेका लगानीकर्ताहरूमा केही आशा पलाएको छ ।
सुधार आएको सेयर बजारमा सेन्सेटिभ इन्डेक्स २.४२ अंकले बढेर ४३५ दशमलव ०९ अंकमा पुगेको छ । नेप्से परिसूचक बढेको भए पनि कारोबार रकममा भने र कारोबार संख्या निरन्तर खुम्चिँदै गएको छ।
बुधबार नेप्सेमा बजारमा १ अर्ब ४ करोड ४६ लाख रुपैया बराबरको कारोबार भएको छ। नेप्सेमा मंगलबार १ अर्ब ८ करोड ८८ लाख रुपैयाँ र सोमबार १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
नेप्सेमा निरन्तर सेयर कारोबार संख्यासमेत ओरालो लागेको छ । मंगलबार २६ लाख ९४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने मंगलबार ३१ लाख ७३० कित्ता कित्ता र सोमबार ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको थियो बुधबार नेप्सेमा २ सय २४ कम्पनीको सेयर खरिदबिक्री भएकोमा १६६ कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । ५२ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ८ कम्पनीको सेयर अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij