
May 01 2025 | २०८२, वैशाख १८ गते
पर्सा । ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका-५ ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका-३२ रामबनका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुले सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छोडेका थिए ।
वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट पक्राउ गरिएको हो ।थप आवश्यक अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij