Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मानव बेचबिखनका आरोपी उम्काउन प्रहरीकै संलग्नता

मानव बेचबिखनका आरोपी उम्काउन प्रहरीकै संलग्नता

  • लमजुङ । लमजुङमा एक १६ वर्षीया किशोरी बेचिनबाट जोगिएकी छन् । स्थानीय तह निर्वाचनको बेलामा तीन दिनसम्म गरिएको भारतीय सीमानाका शीलका कारणले उनी बेचिनबाट बचेकी हुन् । तर, यो घटनामा पीडकलाई उन्मुक्ति दिन प्रहरीले भूमिका खेलेको पीडितको गुनासो छ । 

    onlinepatrika
    Arghakhachi

    विगत १३ वर्षदेखि लमजुङमा ढुंगा, बालुवा, गिट्टीको काम गरी बसेका परिवारहरूकी सदस्य हुन्, पीडित किशोरी । उनी धादिङको तत्कालीन लापा गाविस– २ का स्थायी बासिन्दा हुन् ।

    AGNI GROUP

    उनीहरू बेसीसहर नगरपालिका– १ को ठूलो धिमिरे गाउँमा काम गर्दै आएका थिए । सोही गाउँकी विष्णुमाया लोहनीले ती किशारीलाई ललाईफकाई गरी माइक्रोबसको सहचालकलाई जिम्मा लगाई गत २७ वैशाखको बिहान ७ बजे काठमाडौं पठाएकी रहिछन् । 

    ‘राम्रो केटा छ, उसँग विवाह गर । तिम्रो इच्छाअनुसारका सुनका गरगहना लगाउन, राम्राराम्रा कपडा लगाउन पाइन्छ । सुख पाउँछ्यौ, काम केही गर्नु पर्दैन भन्यो र म गएकी हुँ,’ पीडित किशोरीले भनिन् ।

    कक्षासम्म ३ पढेपछि उनी पढाइ छाडेर फुपुसँगै गिट्टी बालुवाको काम गर्न थालिन् । यसैक्रममा उनी विष्णुमायाको सम्पर्कमा पुगिन् ।  पीडित लमजुङ फर्किएपछि उनकी फुपूले मानव बेचबिखनको आरोपसहित विष्णुमायालाई कारबाहीका लागि निवेदन दिन जाँदा प्रहरीले उल्टै हप्काउँदै उमेर पुगेको मान्छे आफू खुसी जहाँ जान पनि सक्छ भन्दै गाली गरेको पीडितको आरोप छ ।

    पीडकबाट १० हजार रुपैयाँ १० दिन पछि दिने गरी सही गराएर प्रहरीले आफूहरुलाई फर्काएको पीडितकी फुपु सेतीमायाले बताइन् । तर, पैसा लिएकोबारे कागजलमा लेख्न नमिल्ने र कागजमा के लेखिएको थियो, यसबारे पनि प्रहरीले पढेर नसुनाएको उनको आरोप छ । आफूहरुले कागजमा सही गर्न लगाएर पठाएको उनले बताइन् । 

    ‘पुलिसले के लेखेर सही गराएको हो, त्यो पनि सुनाएन,’ पीडितकी फूपु सेतीमायाले भनिन्, ‘भदैलाई खोज्ने क्रममा मेरो ४० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । पुलिस १० हजार पाउछेस् भन्छ । त्यो पनि कहिले दिने हो थाहा छैन । म त पुलिसकोमा पनि जान्न, कस्तो थर्काउँछ । हामी साह्रै अन्यायमा पर्‍यौँ ।’ 

    जन्मदर्ता प्रमाणपत्रअनुसार किशोरीको जन्म मिति १९ असार २०६२ उल्लेख छ । उमेर पुगेको भन्दै मिलापत्र गराउन खोजेको प्रहरीले चेलीबेटी बेचबिखन जस्तो संवेदनशील विषयमा   पीडितहरू प्रति गरेको व्यवहारले थप आशंका उपब्जाएको पीडित पक्षको भनाइ छ । 

    निर्वाचनका कारण भारतीय सीमानाका शील भएकाले किशोरीलाई काठमाडौंमा होटेलमा लगेर राखेको अवस्थामा फेला पारेर लमजुङ ल्याइएपछि पीडित उजुरीसहित प्रहरीकोमा पुगेको हो । 

    करकापमा नभई सहमतिमा काम लगाउन लगिएको र अहिले किशोरी फर्किसकेकाले सम्झाएर पठाएको प्रहरीको जवाफ छ । ‘उमेर पुगेको केटी हो, करकापमा लगिएको होइन । काम लगाइदिन भनेर लगेको हो र अहिले सही सलामत केटी फिर्ता आएको हुँदा सम्झाएर पठाएका हौं,’ लमजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij