Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

मन्थलीको नव दुर्गा आवि : कांग्रेस सचिवले लिए शिक्षक भर्नामा ३० हजार घुस

मन्थलीको नव दुर्गा आवि : कांग्रेस सचिवले लिए शिक्षक भर्नामा ३० हजार घुस

  • रामेछाप । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ७ को नवदुर्गा आधारभूत विद्यालयमा शिक्षक भर्ना गर्दा आर्थिक चलखेल भएको खुलासा भएको छ । उक्त विद्यालयको बाल शिक्षक कोटामा शिक्षक भर्ना गर्ने क्रममा ३० हजार घुस लिएरको खुलासा भएको छ । 

    images
    images
    images

    विद्यालयको बालकोटामा शिक्षक भर्ना गर्ने क्रममा नेपाली कांग्रेस मन्थली नगरपालिका वडा नम्बर ७ को सचिव शिव कार्कीले बालकोटाको शिक्षकमा नाम निकाल्दिनको लागि शिक्षिका सुनिता कार्कीसँग ३० हजार घुस मागेको खुलासा भएकाे हो । उनले नगरपालिका र विद्यालयको कर्मचारीसँग सेटिङ मिलाएर नाम निकालिदिने भन्दै सुनितासँग ३० हजार मागेको प्रमाण बाहिएको छ ।

    यस विषयमा कांग्रेसका सचिव कार्कीले आफूले ३० हजार मागेकाे स्वीकार गरेका छन् । उनले सुनितासँग ३० हजार मागेको तर सुनिताले १५ हजार मात्र दिएको बताए । उनले भने, ‘हामीले विभिन्न खर्च र शिक्षकलाई तलव खुवाउनको लागि भनेर ३० हजार मागेको हो , तर, उनले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको खातामा १५ हजार मात्र हाल्दियो बाँकी पैसा दिएन ।’ उनले विद्यालय सञ्चालन गर्न शिक्षकको परिक्षामा पास भएकाहरुसँग पैसा उठाउँदै आएको बताए । 

    कार्कीले विव्यस अध्यक्षको खातामा पैसा हाल्दिएको बताएपनि विव्यस अध्यक्ष छत्र मुगरातीले भने आफूले यो विषय अहिले मात्र थाहा पाएको बताए । उनले नेपाली कांग्रेसका वडा सचिव शिव कार्की विद्यालयभन्दा बाहिरको मान्छे भएको र यो विषय विद्यालयभन्दा बाहिर कै रहेको बताए । उनले विद्यालयले शिक्षक भर्नामा आर्थिक चलखेल नगरेको पनि बताए ।

    त्यस्तै विद्यालयको प्रधानाध्यापक राजु मुगरातीले पनि आफूलाई यो विषयच जानकारी नभएको बताए । उनले विद्यालयले शिक्षक भर्नामा स्वच्छ प्रतिस्पर्धा गराएर चर्ना गरेको बताए । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij