
Jun 11 2025 | २०८२, जेठ २८ गते
मकवानपुर । प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ । थाहा नगरपालिका-३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले उक्त गाँजा आइतबार राति बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उक्त ट्रक तलासी गर्दा बोरामा प्याक गरेको अवस्थामा १४ वटा पोकामा रहेको उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij