Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

अस्ट्रेलियामा आमनिर्वाचन

अस्ट्रेलियामा आमनिर्वाचन

  • एजेन्सी । अस्ट्रेलियामा आमनिर्वाचन भइरहेको छ। लिबरल–नेसनल गठबन्धनबाट वर्तमान प्रधानमन्त्री स्कट मोरिसन र लेबर नेता एन्थोनी अल्बानीजबीच कडा प्रतिस्पर्धा हुने जनमत सर्वेक्षणले देखाएका अन्तर्राष्ट्रि सञ्चार माध्यमले जनाएको छ । 

    images
    images
    images

    प्रधानमन्त्री मोरिसनले लिबरल–नेसनल गठबन्धन सरकारलाई पुनः निर्वाचित गर्न मतदाताहरूलाई आग्रह गरिरहेका छन्। निर्वाचनका लागि १ करोड ७० लाखभन्दा बढी मतदाता रहेको जनाइएको छ। अस्ट्रेलियाको निर्वाचन आयोगका अनुसार ७० लाखभन्दा धेरै मतदाताले प्रारम्भिक र हुलाकमार्फत मत हालिसकेका छन्। 

    सन् २०१८ मा कन्जरभेटिभ पार्टीका मोरिसन गठबन्धन दलको नेतृत्व गर्दै प्रधानमन्त्री नियुक्त भएका थिए। गठबन्धनको संसदमा ७६ सिट छ। निर्वाचनमा गठबन्धन र लेबर पार्टीबीच मुख्य प्रतिस्प्रर्धा हुने अनुमान गरिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij