
Jun 15 2025 | २०८२, असार १ गते
जनकपुरधाम ।नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।धनुषाको कमला नगरपालिकामा समाजवादी पार्टी नेता रामचन्द्र झाले तानाशाही प्रवृत्ति देखाएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन् । कपिलदेव बनरैत, जेबिन्दर यादव, श्यामसुन्दर यादव, रामनारायण यादव, जगदीश मुखियासहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
कपिलदेवका अनुसार झण्डै डेढ सय जना नेकपा एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रदेश सदस्य सुकदेव यादव, एमाले मेयरका उम्मेदबार दीपेन्द्र यादवसहितकाले स्वागत गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij