Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

विश्वकपमा  ३० लाख टिकट माग

विश्वकपमा  ३० लाख टिकट माग

  • काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले कतारमा हुने विश्वकप फाइनलको लागि ३० लाख टिकटको माग पाएको छ । 

    images
    images
    images

    फिफाको अनुसार फाइनलको लागि ३० लाख टिकटको माग भइसकेको छ । जबकी अन्तर्राष्ट्रिय समर्थकहरुको लागि २०१८ फाइनलको तुलनामा यसको मूल्य ४६ प्रतिशतसम्म बढाएको छ । यस्तै, समूह चरणमा केही ठूला टोलीबीच हुने खेलको लागि पनि टिकटको माग गरिएको जनाइएको छ ।

    images

    फिफाको अनुसार २६ नोभेम्बरमा ८० हजार दर्शक क्षमता भएको लुसेल रंगशालामा हुने अर्जेन्टिना र मेक्सिकोबीच खेलको लागि २५ लाख टिकट माग भएको छ । यस्तै खेलको एक दिन अगाव हुने अमेरिका र इंग्ल्यान्डबीच खेलको लागि १४ लाख दर्शकले हेर्न चाहेको बताइएको छ ।

    विश्वकपको लागि टिकट विक्रीको दोस्रो चरणमा अमेरिका, इंग्ल्यान्ड र कतारबाट २० लाखभन्दा बढी टिकटको माग गरिएको जनाइएको छ ।

    यसपटक नियमित मितिमा विश्वकप सञ्चालन हुने छैन । कतारमा आयोजना हुने भएको हुँदा मिति सारिएको छ २१ नोभेम्बरदेखि १८ डिसेम्बरसम्म आयोजना हुने विश्वकप नेपालको मौसमअनुसार पहिलोपटक जाडो याममा हुनेछ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij