Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आफ्नै वृद्ध आमाबुबाको हत्या गर्ने छोरा पक्राउ

आफ्नै वृद्ध आमाबुबाको हत्या गर्ने छोरा पक्राउ

  • काठमाडौँ । ताप्लेजुङको फक्ताङ्लुङ-६ लेलेपमा आमाबुबाकाे हत्या गरेकाे आराेपमा छोरा पक्राउ परेका छन् । लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बुलाई ७५ वर्षका बुबा बृखबहादुर र आमा ७२ वर्षकी फिपरानी लिम्बुको हत्या गरेकाे आराेपमा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरिक्षक कैलाश राईका अनुसार आइतराजले मादक पदार्थ सेवन गरेर बिहीबार आमा र बुबा दुवैका हत्या गरेका हुन् ।

    उक्त स्थान एकान्तमा रहेको र २ घर मात्रै रहेकाले घटनाबारे तत्काल थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको भनाइ छ ।

    हत्या आरोपित आइतराजालाई प्रहरीले नियन्त्रणमा लिएर अनुशन्धान थालेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij