Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आज विश्व प्रेस स्वतन्त्रता दिवस

आज विश्व प्रेस स्वतन्त्रता दिवस

  • काठमाडौँ । आज विश्व प्रेस स्वतन्त्रता दिवस। सन् १९९३ मा संयुक्त राष्ट्र सङ्घको महासभाले मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउने प्रस्ताव पारित गरे यता राष्ट्र सङ्घको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्घ (यूनेस्को)कोआह्वान र संयोजनमा विश्वभर सञ्चार जगतले आजको दिनलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाउँदै आएको छ। नेपाल पत्रकार महासङ्घले भर्चुअल कार्यक्रम गरेर यो दिवस मनाउने जनाएको छ। 

    onlinepatrika
    Arghakhachi

    यस वर्षको विश्व प्रेस  स्वतन्त्रता दिवसको नारा ‘सूचना सार्वजनिक वस्तुको रूपमा’ भन्ने राखिएको छ। यूनेस्कोका महानिर्देशक एण्ड्रि अज्योलीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दिएको सन्देशमा यस वर्षको लागि  तय गरिएको ‘सूचना सार्वजनिक वस्तुको रूपमा’ भन्ने नारामा पुष्टि भएका र विश्वसनीय सूचनाको महत्त्व निर्विवाद रहेको कुरा अन्तरनिहित भएको उल्लेख गरेका छन्। उनले यस नाराले गलत सूचना र हानिकारक विषयवस्तुलाई सामना गदै सही सूचनाको उत्पादन र सार्वजनिकीकरण गर्नमा स्वतन्त्र र व्यावसायिक पत्रकारको अत्यावश्यक भूमिकामा ध्यानाकर्षण गर्न आह्वान गरेको बताएका छन्। 

    AGNI GROUP

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विश्वभरका पत्रकारहरूको छाता सङ्गठन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) सँग आबद्ध दक्षिण एसियाका पत्रकारहरूका सङ्गठनहरूको सञ्जाल (साउथ एसियन मिडिया नेटवर्क)ले आजै दक्षिण एसियाको प्रेस स्वतन्त्रताको अवस्थाको बारेमा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दैछ। 

    यो दक्षिण एसिया प्रतिवेदनमा नेपालको अवस्थालाई ६ पृष्ठमा विवेचना गरिएको छ। जसमा कठिन सङ्घर्षले प्राप्त अधिकार कायम राख्ने कठिनाइ, राजनीतिक एजेन्डाबाट छुट्दै गएको प्रेस स्वतन्त्रताको विषय, कोरोना सङ्क्रमणको महामारीको असर, पत्रकारका अधिकारमाथि अतिक्रमण, सञ्चार जगतको परिदृश्य, सामाजिक सञ्जालको गर्भमा महिला पत्रकारमाथि परेका असर, पारिश्रमिकको लागि संर्घष, विवादास्पद विधेयकहरू, राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को आवधिक समीक्षा र नेपालमा मौजुद चुनौतीहरूको सामनाका विषयहरूलाई समेटिएको छ।

    नेपाल पत्रकार महासङ्घका अनुसार नेपालमा प्रेस स्वतन्त्रता विरोधी घटना यो वर्ष  ४५ वटा भएका छन् । ती घटनाबाट ५सय ८४ जना पत्रकार र ३ मिडिया हाउस गभीर रूपमा प्रभावित र पीडित भएका छन् ।

    ५ सय ८४ पत्रकार मध्य ७७ जना महिला पत्रकार छन्। विभिन्न खाले आक्रमणबाट ४८ र दुब्र्यबहार, धम्कीको सामना १२ जना पत्रकारले गर्नुपरेको छ भने ५ सय १७ जना पत्रकार विस्थापित हुनुपरेको पत्रकार महासङ्घले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij