Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

हेटौँडामा  बर्डफ्लु भेटियाे

हेटौँडामा  बर्डफ्लु भेटियाे

  • काठमाडौँ । हेटौँडा उपमहानगरमा बर्डफ्लु भेटिएको छ । हेटौँडा उपमहानगर–७, नागस्वतीका कुखुरा व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा पोल्ट्री फर्ममा रहेका लेयर्स प्रजातिका कुखुरामा बर्डफ्लु भेटिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको हो ।

    images
    images
    images

    केन्द्र प्रमुख डा.ब्रजकिशोर ठाकुरले फर्ममा रहेका ४ हजार कुखुरामध्ये सयौंको संख्यामा कुखुरा मरिसकेको बताउनुभयो । बर्डफ्लु शंका लागेपछि पशुसेवा विभाग काठमाडौँमा वैशाख ९ गते नमुना पठाइएकोमा बिहीबार बर्डफ्लु प्रमाणीकरण भएको रिपोर्ट आएको डा.ठाकुरले बताउनुभयो ।

    बर्डफ्लु प्रमाणित भएको रिपोर्ट आएपछि नियन्त्रण समितिको बैठक बसेर व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णयपछि कुखुरा नष्ट गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij