Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चुनाव प्रचारमा माओवादी नेता गाउँ–गाउँमा 

चुनाव प्रचारमा माओवादी नेता गाउँ–गाउँमा 

  • काठमाडौँ । स्थानीय चुनाव नजिकिएसँगै माओवादी शीर्ष नेताहरुले काठमाडौँ छोडेका छन् । स्थानीय निर्वाचनमा आफ्नो पक्षमा पार्न माओवादी नेताहरु गाउँ–गाउँ छिरेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    माओवादीले स्थानीय तहको आवश्यकतालाई हेरेर एक स्थानीय तहमा एक केन्द्रीय सदस्य खटाए सँगै नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पनि स्थानीय तहको चुनाव प्रचार–प्रसार गर्नका लागि भन्दै काठमाडौँ छोडेका छन् । गत मंगलबार काठमाडौँ छोडेका महरा वैशाख ३० गतेको स्थानीय चुनावमा रोल्पा नगरपालिकामा भोट हालेर मात्रै काठमाडौँ फर्किने जनाइएको छ ।

    AGNI GROUP

    प्रवक्ता महरा केहीदिन दाङका स्थानीय तहमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् । प्रचार प्रसारण विभाग सचिव गोविन्द आचार्यका अनुसार प्रवक्ता महरा दाङका घोराही, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित सात गाउँपालिकाका चुनावी सभामा सहभागी हुने, विशेषगरी दाङको निर्वाचन क्षेत्र २ मा खटिने र रोल्पामा माओवादीले एकल रुपमा प्रतिस्पर्धा गरेकाले निर्वाचन  माहोल बनाउन महराले चुनावी सभालाई पनि सम्बोधन गर्ने भएका छन् । 

    यस्तै दाङको चुनावी माहोल बनाउन महरासहित काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले संयूक्त पत्रकार सम्मेलन गरेका छन् । गठबन्धनमा सहभागी उम्मेदवारलाई भोट हाल्न महरा र गिरीले अपिल गरेका छन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij