
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५२ हजार ४ सय ६५ जनाले उम्मेदवारी दिएका छन्। स्थानीय तह निर्वाचनमा ३५ हजार २ सय २१ पदका लागि मतदान हुँदैछ। उक्त पदमा निर्वाचित हुनेको लागि साढे एक लाखभन्दा बढीले उम्मेदवारी दिएका हुन् ।
निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा ३ हजार ४ सय ९४ उम्मेदवारी परेको छ। यस्तै अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार ५६, उपाध्यक्षमा २ हजार १ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।
वडाध्यक्षमा ३५ हजार २ सय ५६ र सदस्यमा ५५ हजार ४ सय ७१ जनाको उम्मेदवारी परेको छ।आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ।
यही वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो। यसैबीच आयोगले आज उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij