Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कहाँ, कोविरूद्ध पर्‍यो उजुरी

कहाँ, कोविरूद्ध पर्‍यो उजुरी

  • ललितपुर । स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार मुख्य निर्वाचन अधिकृत कार्यालय, निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका विभिन्न पार्टीका उम्मेदवारविरूद्ध उजुरी पर्न थालेका छन्।ललितपुर महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चिरीबाबु महर्जनविरूद्ध उजुरी परेको छ।

    onlinepatrika
    Arghakhachi

    चिरीबाबुविरूद्ध उजुरी परेको ललितपुर महानगरका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले जानकारी दिए। महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको हो। निवर्तमान मेयर रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै उजुरी परेको छ। निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ९ को धारामा ४७ मा बेरूजु फर्छ्यौट गर्नुपर्ने भन्ने उल्लेख छ।

    AGNI GROUP

    चिरीबाबुलगायत ललितपुर महानगरकै पाँच जनाविरूद्ध उजुरी परेको हो।नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरूद्ध पनि उजुरी परेको छ। समानुपातिक निर्वाचनतर्फ बन्दसूचीमा शाक्यको नाम भएकोले उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताए।

    यस्तै कोसी अस्पताल सञ्चालक समिति सदस्य पदबाट राजीनामा नदिई विराटनगर महानगर उपप्रमुखमा उम्मेदवारी दिएको उजुरी परेपछि नेकपा एमालेकी शिल्पा निराला कार्कीले मंगलबार राजीनामा दिएकी छन्। सत्तारूढ गठबन्धनका उपप्रमुख उम्मेदवार अमरेन्द्र यादवले उजुरी दिएको थाहा पाएपछि उनले अस्पतालमा राजीनामा बुझाएकी हुन्।

    कार्कीलाई केपी ओली नेतृत्वको सरकारले अस्पतालमा नियुक्त गरेको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ माघ २१ मा उनीसहितका सबै पदाधिकारीलाई हटाएको थियो।सरकारको निर्णयविरूद्ध कार्कीसहितका पदाधिकारी सर्वोच्च अदालत गएका थिए। सर्वोच्चले उनीहरूको पक्षमा फैसला सुनाएपछि कार्कीसहितका पदाधिकारी पुनःबहाली भएका थिए। 

    कार्कीले मंगलबार मात्रै राजीनामा पत्र बुझाएको कोसी अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलले बताए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानबिन थालिएको जनाएको छ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले कार्कीसहित चार जना उम्मेदवारविरूद्ध उजुरी परेको बताएका छन्।

    बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष पदका उम्मेदवार कांग्रेसका राजु थापाविरुद्ध उजुरी परेको छ। काठेखोला गाउँपालिकाको निर्वाचन कार्यालयमा उनीविरूद्ध मंगलबार उजुरी परेको हो।नेकपा एमालेबाट अध्यक्षका उम्मेदवार डिलबहादुर कार्कीले थापाविरुद्ध उजुरी दर्ता गरेका छन्।

    काठेखोला वडा नम्बर ३ मा महिला सदस्य पदकी उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की देउरुपा खड्काविरुद्ध पनि उजुरी परेको छ। एमालेबाट महिला सदस्यकी उम्मेदवार टुल्कीदेवी खड्काकले उजुरी दर्ता गरेकी हुन्।

    साथै कैलालीमा पनि उम्मेदवारविरूद्ध उजुरी परेको छ। घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिका चोपलाल चौधरी र वडा अध्यक्षका उम्मेदवारी दिएका हिराजन विष्टविरुद्ध उजुरी परेको हो।

    पार्टीबाट जोरजबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टविरुद्ध उजुरी दिएका हुन्। कृष्णा थापा स्वयंसेवीका र चोपलाल चौधरी सामुदायिक वनको सचिव रहेको भन्दै उजुरी परेको छ।

    लम्कीचुहा नगरपालिकाको प्रमुखमा कांग्रेस र नेकपा (माओवादी केन्द्र) को तर्फबाट दुईरदुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको पत्रसहित कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका थिए।

    माओवादी केन्द्रको तर्फबाट धीरेन्द्र रावल र लोकराज ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृत हिरालाल चौधरीले बताए। एउटै पदमा पार्टीको पत्रसहित उम्मेदवारी दर्ता गराउने दुईरदुई उम्मेदवारका बारेमा सम्बन्धित पार्टीबाट पत्र आएपछि को आधिकारिक हो भन्ने एकिन हुनेछ।पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने कानुनी व्यवस्था छ।

    यस्तै लम्जुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ मा नेकपा ९एमाले० बाट वडाध्यक्षका उम्मेदावर प्रकाश कतिलाविरुद्ध उजुरी परेको छ। नेपाली कांग्रेसबाट सोही वडामा वडाध्यक्षका उम्मेदावर मिनराशी गुरुङले दाबी विरोध उपर उजुरी दिएकी हुन्। न्यादी आयोजनाको सिमेन्ट ओसारपोसारका क्रममा ढाँका चोरी मुद्दामा संलग्न देखिएको भन्दै उनीविरूद्ध उजुरी परेको छ।

    कतिलालाई अदालतले एक महिना कैद र रु १२ हजार जरिवाना तोकेको र सो कैद भुक्तानी गरिसकेको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।साथै सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ। उनको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा उम्मेदवारी रद्द भएको हो।

    उनले सोमबार गठबन्धनको तर्फबाट उपप्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई वडाध्यक्षसहित छ वडा सदस्य र कांग्रेसको एक वडा सदस्यको पनि उम्मेदवारी दर्ता भएको छैन।

    राप्रपाबाट कमलामाई वडा नम्बर ४ मा अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुकुमार श्रेष्ठको प्रस्तावकको विवरण नभिड्दा उमेदवारी दर्ता भएको छैन। राप्रपाबाट वडा नम्बर ११ मा अध्यक्षमा उम्मेदवारी दिएका मेमबहादुर ठकुरीको पनि सर्मथकको विवरण नभिड्दा उम्मेदवारी दर्ता भएको छैन।

    राप्रपाबाट वडा सदस्य पदमा वडा नम्बर २ सदस्यमा उम्मेदवारी दर्ता गराएका सोमाया सार्की, वडा नम्बर ११ मा वीरबहादुर माझी, वडा नम्बर १२ मा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका ढालबहादुर विक, वडा नम्बर १ का लक्ष्मण सुनुवार, वडा नम्बर १० मा वडासदस्य पदमा उम्मेदवारी दिएका उज्ज्वल कोइराला र वडा नम्बर ४ मा मान्दोसिं भोलनले दिएको वडा सदस्य पदको उम्मेदवारी प्रस्तावक र समर्थकको विवरण नभिड्दा दर्ता भएको छैन।

    कांग्रेसबाट वडा नम्बर ९ मा वडा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका टीकाप्रसाद घिमिरेको पनि प्रस्तावकको विवरण नभिड्दा उम्मेदवारी दर्ता हुन सकेको छैन। रासस

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij