Jun 04 2026 | २०८३, जेठ २१ गते
धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले गरेको स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल खासै जमेन । पार्टीको केन्द्रीय निर्णय सबै ठाउँमा तालमेल गरेर जाने भएपनि स्थानीय तहका नेता कार्यकर्ताले केन्द्रको यो निर्ण विपरित धेरै स्थानमा तालमेलको सहमति गरेनन् ।
प्रदेशका ८८ वटा स्थानीय तहमध्ये २३ वटा पालिकामा मात्रै गठबन्धनका प्रमुख तीन दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल भएको छ। यो भनेको प्रदेशमा एक तिहाइ मात्र हो ।
अधिकांश पालिकामा ३ दलकाबीचमा सहमति नभएपछि नेपाली कांग्रेस र माओवादी केन्द्र तथा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले छुट्टाछुट्टै गठबन्धन गरेका छन्। तीमध्ये धेरै ठाउँमा दलहरूले एकअर्काविरुद्ध उम्मेदवारी दर्ता गराएका छन्। तर, नेताहरूले यसअघि सहमति भइसकेका पालिकामा भने सम्बन्धित दलबाहेकको उम्मेदवारी फिर्ता लिने विषयमा छलफल थालिएकाले समस्या हल हुने दाबी गरेका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij