Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य मनोनयन दर्ता

ललितपुरको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य मनोनयन दर्ता

  • काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकारले मनोनयन दर्ता गराएका छन्। आज कार्यालयमा पुगेर एमालेबाट मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्यले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

    onlinepatrika
    Arghakhachi

    हरिकृष्ण व्यञ्जनकार, ललितपुरमा एउटा असल राजनीतिज्ञका रुपमा परिचित छन्। पार्टीमा निरन्तर सक्रिय रहेपछि उनले ललितपुर जिल्ला पार्टीको महत्वपूर्ण जिम्मेवारी पाउन थाले। २०४९ सालदेखि उनले पार्टी नगर कमिटीको सचिव र जिल्ला कमिटीको सदस्यको जिम्मेवारी पाए। 

    AGNI GROUP

    नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएपछि संयुक्त कार्यदलबाट जिल्ला अध्यक्षमा सिफारिस भई २०७५ देखि २०७७ सम्म ब्यन्जनकारले ललितपुर जिल्ला पार्टी अध्यक्षका रुपमा जिम्मेवारी सम्हालेका थिए। 

    २०७७ साल फागुनमा एमाले पुनःस्थापनपछि सो पार्टीको ललितपुर जिल्ला अध्यक्ष, २०७८ सालको दशौं महाधिवेशनमा केन्द्रीय प्रतिनिधि र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकबाट केन्द्रीय सदस्यमा मनोनित भएका ब्यन्जनकार हाल ललितपुर जिल्लाको सह इन्चार्ज हुन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij