Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित नेपाली सेनाको समशेर दल गणमा कार्यरत सैनिक जवानलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।
गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह–१ कि २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा बुधबार राती लुम्बिनी प्रादेशिक अस्पताल ल्याईएको थियो। बुटवलमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई काठमाडौं लगिएको हो।
उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो। बुधबार साँझ ७ बजेतिर भएको उक्त घटनापछि उनको छाती र पेटमा दुई वटा गोली लागेको छ।
सैनिक स्रोतले राजवंशी आफैंले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाईएको छैन। घाइते राजवंशीलाई उपचारको लागि नेपाली सेनाको टोली आफैंले अस्पताल ल्याएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij