Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। बुधबार राति भएको खेलमा सिटीले ब्राइटनलाई हराउँदै शीर्ष स्थानमा आफूलाई स्थापित गरेको हो।
सिटीले ब्राइटनलाई ३–० ले पराजित गर्यो। सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले एक–एक गोल गरे। घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरी खेलेको सिटीले तीनै गोल दोस्रो हाफमा गरेको हो। खेलको ५३ औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए।
फोडेनले सिटीका लागि ६५ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। ८२ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ३–० को जित दिलाए। जितसँगै सिटीले ३२ खेलमा ७७ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। सिटी दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकले अघि छ। पराजित ब्राइटन ४० अङ्क जोडेर दशौँ स्थानमा छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij