Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कतारमा २१ नेपाली कैदीबन्दीले पाए आममाफी

कतारमा २१ नेपाली कैदीबन्दीले पाए आममाफी

  • कतारमा जेल जीवन बिताइरहेका २१ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका २१ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    दोहास्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रि वितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए ।

    AGNI GROUP

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कारागारमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिएका हुन्। आममाफी पाएका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने दूतावासले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij