Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ । ४१ दशमलव ७७ अंकले घटेको छ । सोमबार १ दशमलव ७५ प्रतिशतले घटेर त्यही २३४३ दशमलव ८७ अंकमा आएर बजार बन्द भएको छ ।
२२९ वटा कम्पनीको सेयर कारोबार हुँदा २०२ वटा रातो, २० वटा हरियो र ७ वटा स्थिर रहेका छन् । कारोबार रकममा पनि खासै ठूलो उतारचढाव देखिएको छैन । सोमबार २२९ वटा कम्पनीको ३१ हजार ८२५ वटा कारोबार हुँदा कारोबार रकम भने एक अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको छ।
नेस्डो लघुवित्तले भने सोमबार पनि सर्किट लेभलमा बढेर २७ सय ३७ दशमलव सात रुपैयाँमा अन्तिम कारोबार भएको छ । सोमबार बढ्नेमध्ये ७ दशमलव ९८ प्रतिशतले दिव्यश्वरी हाइड्रोपावर बढेर २७२ मा ६ दशमलव ६ दशमलव ०९ प्रतिशतले बढ्दा जाल्पा लगुवित्त ५७५ दसमलब १ मा अन्तिम कारोबार भएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij