Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

नेपालको अर्थतन्त्रमा ललितकलाको योगदान

नेपालको अर्थतन्त्रमा ललितकलाको योगदान


  • काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले ललितकलाले नेपालको अर्थतन्त्रमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् । उनले ललितकला क्षेत्रको विकासको कामलाई राज्यले अझै प्रभावकारी बनाउँदै लैजानु पर्ने  समेत बताए ।

    images
    images
    images

    शुक्रबारबाट काठमाडौंमा सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले ललितकला क्षेत्रको समग्र विकास, त्यसका कलाकारहरूप्रति सम्मान र उनीहरुको भविष्यका लागि राज्यले अझै प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका हुन् ।

    उनले विश्वमा नेपाल र नेपालीको गौरवलाई बचाई राख्न पनि ललितकलाको माध्यामबाट योगदानहरु पुर्याउँदै जानुपर्ने आवश्यक्ता बोध गराउँदै, उपराष्ट्रपति पुनले ललितकला प्रज्ञा प्रतिष्ठानलाई ललितकलाका कलाकारहरुको समस्या र चुनौतिहरुलाई समाधान गर्दै अघि बढ्नका लागि पनि आग्रह गरे ।
     
    यस्तै उपराष्ट्रपति पुनले भविष्यमा पनि नेपालको पहिचानमा ललितकलाको भूमिका महत्वपूर्ण रहिरहने बताउँदै अरनिको लगायतका ललितकलाका पुञ्जहरुले आफ्नो कलाको माध्यामबाट विश्वसामु नेपाललाई परिचित गराएको बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij