Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

राप्रपा नेपाल युवाहरूको पार्टी होः कमल थापा

राप्रपा नेपाल युवाहरूको पार्टी होः कमल थापा

  • काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टी युवाहरुको भएको बताएका छन् । नवलपुरको देवचुली प्रगतिनगरमा युवाहरूद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले राप्रपा नेपाल युवाहरूको निमित्त खडा भएको पार्टी रहेको दाबी गरे । 

    images
    images
    images

    युवामा नेतृत्व हस्तान्न्तरण भएपछि राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेको आरोप खेपेका उनले  राप्रपा नेपालमा रहने युवाको भविष्य बरबाद नहुने गरि आफुले राजनीतिक एजेन्डा बोकेको बताए । 

    images

    गत मंसिरमा भएको महाधिवेशनमा युवाहरुको साथ र समर्थन पाएका राजेन्द्र लिङ्देनसँग अध्यक्षमा पराजित भएपछि राप्रपा त्यागेर थापा राप्रपा नेपालको नेतृत्व सम्हाल्न पुगेका हुन् । 

    तत्कालीन अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा। प्रकाशचन्द्र लोहनी नेतृत्व हस्तान्तरणमा सहमत भए पनि लिङ्देनसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर पराजित भएका थापाले देशलाई दूरावस्थामा पु¥याउने भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तन र  कुशासनविरुद्धमा युवाहरूले आवाज बुलन्द पार्नुपर्ने बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij