
May 13 2025 | २०८२, वैशाख ३० गते
काठमाडौँ । स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले विजय हासिल गर्न एकजुट भएर लाग्न आह्वान गरेका छन् ।
बिहीबार बिहान नयाँ वर्षको शुभकामना सन्देश जारी गर्दै चुनावका बेला विभाजित नहुन काँग्रेस नेता–कार्यकर्तालाई अपिल गरेका हुन् ।
उनले भनेका छन्, ‘नयाँ वर्षलाई स्वागत गर्दा हाम्रो सङ्कल्प र अर्जुनदृष्टि काँग्रेसलाई तिनै तहको निर्वाचनमा विजयी बनाउने र नेपाली जनताको मुहारमा खुशी ल्याउने तर्फ केन्द्रित हुनुपर्नेछ । केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन ।’
नयाँ वर्षसँगै देशमा चुनावी माहौल तात्ने भन्दै वर्षभरि नै विश्राम गर्ने समय नभएको कोइरालाले बताए । उनले भने, ‘हाम्रो क्रियाशीलतामा मात्र काँग्रेस र लोकतन्त्रको भविष्य सुनिश्चित हुनेछ । नेपाली काँग्रेसका हामी सिपाहीले यो वर्षलाई ‘चुनावी वर्ष’ का रूपमा लिनु पर्नेछ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij