
May 14 2025 | २०८२, वैशाख ३१ गते
जनकपुरधाम । गोही मार्न चलाएको गोली लागेर बारामा एक युवकको मृत्यु भएको छ । धर्मनगरस्थित बालगङ्गा नदीमा मगर सिकारीले चलाएको गोली लागेर बुधबार राति उनी घाइते भएका थिए ।
सिकारीले चलाएको गोली लागेर जितपुर सिमरा उपमहानगरपालिका १६ का २८ वर्षीय सागर सिंजालीको मृत्यु भएको हो ।उनको बयोधा अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij