Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सात लाख  हिनामिनाको आरोप प्रमुखसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा 

सात लाख  हिनामिनाको आरोप प्रमुखसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा 

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख रामदेव पण्डितसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    images
    images
    images

    क्षेत्रीय अनुसन्धान केन्द्र सुनसरीको बंङ्गुर अनुसन्धान इकाईका तत्कालीन इकाई प्रमुख रामदेव पण्डितसहित सातजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

    उनीहरुले सात लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । जसमा सहायक कर्मचारीहरु शकुन्तला राई र प्रकाश कुमार यादव, लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजबंशी, स्टोर प्रमुख तथा प्रशासन प्रमुख कृष्ण प्रसाद पोखरेल र क्षेत्रीय निर्देशक हरिकृष्ण श्रेष्ठ रहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij