
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । स्थानीय भाषामा अतिस वा निरमसी नामले चिनिने लोपोन्मुख वनस्पतिलाई जिल्ला वनस्पति अनुसन्धान केन्द्र जुम्लाले औषधिको रुपमा प्रयोग गर्ने भएको छ ।
जिल्ला वनस्पति अनुसन्धान केन्द्रका प्रमुख रमेश बस्नेतका अनुसार यसको जराबाट ज्वरो, रुघाखोकी, पखाला, रक्त बिकार, कलेजोसम्बन्धी समस्या भएकामा हुने गरेको छ । चिकित्सकहरूका अनुसार अतिसको जरा वाथरोग, छारेरोग, भोक नलाग्ने समस्या नियन्त्रणमा पनि राहत मिल्ने गरेको प्रमुख बस्नेतले बताए ।
स्थानीयवासीले अतिसको बिरूवा गाईवस्तुको खुरमा घाउ आएको बेला समेत प्रयोग गर्दै आएका छन् । यसबाहेक जुम्लामा पाइने अतिस, पदम चाल, डाँलेचुक, लौठ सल्ला, रोजमेरी, देवदियार लागयत पनि औषधिको रुपमा स्थानीयले प्रयोग गरिरहेका छन् । प्रमुख बस्नेतलले भने ‘कर्णाली प्रदेशमा पाइने ६१ प्रकार वनस्पतिमाथि अनुसन्धान भइरहेको छ । केन्द्रले लगुपत्र र टुकी फूल पनि उत्पादन गर्दै आएको छ ।’
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij