Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय

  • दाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलीय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रसका सभापति शङ्कर डाँगीेले जानकारी दिए। 

    onlinepatrika
    Arghakhachi

    पाँच दलीय गठबन्धनको संयुक्त बैठकले जिल्लाबाट पाँच दलिए चुनावी प्रतिवेदन तयार पारी पठाएको छ । प्रतिवेदनमा गठबन्धनअनुसार साझा उम्मेदवार प्रस्तुत गर्नसके जिल्लाका दशवटै पालिका र १०० वडामा जित्ने दाबीसहित यथार्थरुपमा वस्तु स्थितिबारेमा चित्रण गरी प्रतिवेदन पठाएको पनि नेपाली कांग्रेसका सभापति डाँगीले जानकारी दिए । 

    AGNI GROUP

    सो बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष सुवास पुन, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष सुरामनी बेलबासे, राष्ट्रिय जनमोर्चाका अध्यक्ष गणेश आचार्य र जसपाका अध्यक्ष हेमराज शर्माको उपस्थिति रहेको थियो । 

    यता नेकपा (एमाले)ले भने जिल्लाका सबै वडामा एकलरुपमा चुनावी मैदानमा उत्रने जनाएको छ । एमालेले आजदेखि वडास्तरका उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij