Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कोन्ज्योसोममा मन्दिर निर्माण, यी हुन् पर्यटक तान्ने योजना

कोन्ज्योसोममा मन्दिर निर्माण, यी हुन् पर्यटक तान्ने योजना

  • ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ स्थित भारदेउमा गुप्तेश्वर महादेव मन्दिर निर्माण गरिएको छ । कोन्ज्योसोम गाउँपालिकाले विनियोजन गरेको दश लाख रुपैयाँ बजेटमा मन्दिर निर्माण भएको हो ।

    onlinepatrika
    Arghakhachi

    मन्दिर निर्माणको लागि पालिका प्रमुख गोपिलाल सिङ्तानले पहलसहित योजना अघि सारेका थिए । सोहि अनुसार उक्त ठाउँमा मन्दिर निर्माण कार्य सम्पन्न गरिएको हो । मन्दिर निर्माणसँगै शनिबार स्थानीयले गुप्तेश्वर महादेवको पुजाआजा गरी मुर्ति समेत भित्र्याएका थिए । गुप्तेश्वर महादेव मन्दिर समुद्रि सतहदेखि करिब २६ सय मिटर उचाईमा रहेको छ । कोन्ज्योसोम क्षेत्रका तामाङ र नेवारसमुदायले यो मन्दिरको संरक्षण र पुजाआजा गर्दै आइरहेका छन् । 

    AGNI GROUP

    अग्लो ठाउँमा मन्दिर निर्माण गरेपछि यस क्षेत्रमा पर्यटनमा समेत टेवा पुग्ने बताइएको छ । गाउँपालिकाका अध्यक्ष गोपीलाल सिङ्तानका अनुसार स्थानीयको धार्मिक आस्था रहेको उक्त स्थानमा मन्दिर निर्माण गरिएको थियो । किंवदन्तीका आधारमा हाल मन्दिर निर्माण गरेका ठाउँमा गुप्तेश्वर महादेव बसेका थिए । सोहि आधारमा यस क्षेत्रमा स्थानीयले लामो समयदेखि महादेवको पुजाआजा गर्दै आएका थिए । मन्दिर निर्माणपछि यो क्षेत्रमा भक्तजनको संख्या बढ्ने अनुमान गरिएको छ । 

    मन्दिर गुप्तेश्वर महादेव मन्दिर उपभोक्ता समितिमार्फत निर्माण गरिएको हो । मन्दिर निर्माणको लागि कार्तिक २८ गते सम्झौता भएको थियो । सोहि अनुसार करिब ५ महिनामा मन्दिर संरचना तयार भएको हो । ‘उक्त ठाउँमा गुप्तेश्वरको मुर्ति थियो, त्यसमा स्थानीयले पुजा गर्दै आइरहेका थिए, धार्मिक क्षेत्रको संरक्षण र पर्यटन प्रवद्र्धनको लागि मन्दिर निर्माण गरिएको हो,’ उनले भने, ‘अब यस क्षेत्रमा पयर्टक ल्याउन सकिने योजनामा पनि ध्यान दिन्छौं ।’ उनका अनुसार भारदेउ क्षेत्रको पयर्टन विकासको लागि भारदेउको डाँडामा बुद्धको मुर्ति निर्माण कार्य भइरहको छ । गाउँपालिकाकै योजना अनुसार मुर्ति निर्माण भएको हो । करिब दुई महिनामा मुर्ति निर्माण भइसक्नेछ । 

    Mandir.jpg

    यो क्षेत्र राजधानीको नजिक छ । काठमाडौँबाट करिब डेढ घण्टामा यहाँ पुग्न सकिन्छ । मन्दिरसम्म पुग्नको लागि ढुंगा र सिमेन्टको सिढी समेत निर्माण गरिएको छ । गुप्तेश्वर मन्दिरसम्म निस्किने सिढी भने पयर्टन विभागले निर्माण गरेको हो । अब त्यस क्षेत्रमा पयर्टन लक्षित योजना बनाइने र युवाहरुलाई समेत रोजगार हुने गरी काम गर्ने पालिका अध्यक्ष गोपीलालको भनाई छ । उनले आगामी चुनावमा पनि आफू उम्मेदवार बन्ने र अर्को कार्यकालमा कोन्ज्योसोमलाई थप व्यवस्थित र हराभर पार्ने लक्ष्य राखेको बताए । ‘पछिल्लो पाँच बर्षमा धेरै काम सम्पन्न भए, कार्यालय सुधारदेखि स्थानीयको जनजीविका सुधारमा समेत हामीले ध्यान दिएर काम गर्यौं,’ उनले भने, ‘शिक्षा, स्थास्थ्य र सडक पूर्वाधारमा पनि हामीले राम्रै परिवर्तन गरेका छौं ।’ उनले अर्को कार्यकालमा थप योजनासहित गाउँपालिकालाई विकसित बनाउने बताए । यसबाहेक पयर्टनलक्षित योजनाले पनि गाउँपालिकाको आयस्रोत बढ्न सक्ने उनको भनाइ छ । 

    भारदेउको अग्लो स्थानमा बुद्धको मुर्ति निर्माण कार्य सकिएपछि त्यस क्षेत्रमा पर्यटक तान्ने अन्य योजना निर्माण हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij