Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । ललितपुर हरिसिद्धिको त्रिशक्ति भवानीको जात्रा आजदेखि काभ्रेपलाञ्चोकको पनौतीमा सञ्चालन हुँदैछ ।
६० वर्षदेखि पनौतीमा मनाउन थालिएको यो जात्रा विभिन्न कारणले रोकिएकोमा यसवर्ष फेरि सञ्चालन हुन लागेको हो । पनौतीमा आजदेखि वैशाख १ गतेसम्म जात्रा सञ्चालन गरिनेछ।
हरिसिद्धिको त्रिशक्ति भवानीको १२ वर्षको जात्राको अवसरमा देवी नाच स्थानीय क्षेत्रमा मात्र नभएर काठमाण्डौ, ललितपुर, पनौती, दोलखा लगायत नेपालमण्डलको विभिन्न ठाँउमा प्रदर्शन गर्ने परम्परा छ।
यस्तै, वैशाख १ गते हरसिद्धि देवघरमा पूजापश्चात जात्रा सम्पन्न हुने छ । हरिसिद्धिको त्रिशक्ति पनौतीमा बास बसुञ्जेल अन्य बाजा बजाउन नहुने र पूजामा कुखुराको मासु, अण्डा र लसुन मनाही गरिएको छ ।
करिब दुई हजार वर्ष पहिले हरसिद्धि नाच राजा विक्रमादित्यद्वारा सुरु गरिएको मानिन्छ । जात्रा ललितपुरको हरिसिद्धि गाउँमा रहेको महाजनहरूको विशेष तान्त्रिक विधिबाट चल्दै आएको छ ।
शक्ति सञ्चय र पुनःस्थापनाको रुपमा लिइने १२ वर्षको हरिसिद्धि भवानीको सिद्धि पर्व गएको गाइजात्रादेखि सञ्चालन भइरहेको छ। २९ जना देवदेवी सम्मिलित हरिसिद्धिको त्रिशक्ति भवानीको तान्त्रिक नाचलाई नेपालको सबैभन्दा पुरानो मुखौटा लाएर देखाइने देवीनाचको रुपमा वंशावलीमा उल्लेख गरिएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij