Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटरसाइकल धुने क्रममा हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।करेन्ट लागेर गम्भीर घाइते उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij