
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौँ । कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा गोपालकृष्ण घिमिरेको जित सुनिश्चित भएको छ ।
बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहबाट अध्यक्षमा चुनाव लडेका घिमिरेले ३ हजार ७२८ मत पाइसकेका छन् ।
बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ अधिवक्ता मतदाताले मतदान गरेका थिए । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० मतदाता रहेका थिए । सात हजार ४२९ मत मात्र खसेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij