Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेपालको कृषि क्षेत्रमा भारतको अनुभव सिक्न ३ दिने गोष्ठी

नेपालको कृषि क्षेत्रमा भारतको अनुभव सिक्न ३ दिने गोष्ठी

  • काठमाडौं । नेपाल साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेडले भारतको इन्डियन पोटास लिमिटेको सहयोगले नेपालमा भएको कृषि क्षेत्रमा संभावना र चुनौतिको विषयमा ३ दिने गोष्ठीको आयोजना गरेको छ । कृषि मन्त्रालयको प्राविधिक सहयोगमा लिमिटेडले कृषि क्षेत्रको भारतको विज्ञहरुसँग भारतमा प्रयोग भएको प्रविधि र संभावनाको विषयमा गोष्ठी आयोजना गरेको साल्ट ट्रेनिङ लिमिटेडको सुचना अधिकारी जनाकारी दिए । 

    onlinepatrika
    Arghakhachi

    ३ दिने गोष्ठीमा भारतमा कृषि क्षेत्रमा भएको नयाँ नयाँ प्रयोग नेपालको सर्न्दभमा कति संभावना रहन्छ भन्ने विषयमा छलफल र त्यसको निष्कर्षको दस्तावेजिकरण हुने राज भण्डारीले बताए ।  गोष्ठीमा भारतका विभिन्न कृषि विज्ञहरुले आफ्नो कार्यपत्र पेस गर्ने छ । साथै नेपालको तर्फबाट पनि कृषिका विज्ञहरुले पनि नेपालको कृषि क्षेत्रको विषयमा कार्यपत्र प्रस्तुत गर्ने छ । 

    AGNI GROUP

    नेपालमा भौगोलिक बनावट र यहाँको हावापानी अनुसार नेपालमा कृषि क्षेत्र कसरी र कुन–कुन क्षेत्रमा के–के गर्न सकिन्छ भन्ने विषय अहिले छलफलको मुख्य विषय रहेको छ । छलफलमा नेपालको उत्पादन नेपालमा खरिद र विदेशमा बिक्री गर्ने संभावनाको विषयमा पनि छलफल हुनेछ । 

    साथै अहिले नेपालमा कृषि क्षेत्रमा देखिएका चुनौतिलाई समाधान गर्ने र नयाँ नयाँ प्रविधिको प्रयोगको विषयको संभावनालाई पनि उठान गरिने छ । नेपालमा देखिएको, मल, विउ, किटानाशक औषधि लगाायको अभाव र प्रांगारिक मल उत्पादन लगाएको विषय गोष्ठीको छलफलको विषय रहेको भण्डारीले बताए । यो गोष्ठीबाट बन्ने दस्तावेज नेपालको कृषि क्षेत्रको ऐतिहासिक दस्तावेज हुने भण्डारीको दाबी छ । 

    इन्डियन विज्ञहरुले इन्डियामा कृषि क्षेत्रमा अनुदान प्रणालीले गरेको विकास र त्यसको असरको विषयमा कार्यपत्र प्रस्तु गर्ने छन् । भने नेपालका कृषि विज्ञहरुले पनि नेपालमा कृषि क्षेत्रमा राज्यले गरेको लगानी वा विभिन्न दातृ निकायहरुले कृषि क्षेत्रमा गरेको लगानीको विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

    नेपालमा कृषिका लागि अत्यावश्यक मल, बीउ तथा औजारका अवस्था तथा सङ्घ र प्रदेशमा तिनका अवस्थाका बारेमा जानकारी लिँदै त्यस क्षेत्रमा सुधार गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा छलफल गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ। 

    छलफलमा उन्नत जातका बीउबिजन, मलखाद, कृषि औजार तथा कृषि अनुदानको प्रभावकारिता वृद्धिका लागि आवश्यक सुझाव प्राप्त हुने साल्ट ट्रेनिङले अपेक्षा गरेको छ। कृषिजन्य उत्पादनको अन्तरराष्ट्रिय व्यापारका बारेमा पनि गोष्ठीमा छलफल हुनेछ । 

    गोष्ठीमा नेपालको मलखाद नीति र अनुदान प्रक्रिया, माटोमा हुने खाद्य पोषक तत्वको अवस्था, माटोका प्रकार र तिनमा आवश्यक पोषक तत्वका बारेमा विषय विज्ञहरुले छलफल गर्ने छन् । 

    रासायनिक मलको अन्तर्राष्ट्रिय बजार, प्रादेशिकरुपमा कृषिको अवस्था, कृषिका विविध क्षेत्रमा सरकारी अनुदानको वितरणमा भएका कमजोरी, त्यस अवस्थामा सुधार ल्याउने, भारतको अनुदान प्रणालीका सम्बन्धमा अनुभव आदानप्रदान, कृषिको यान्त्रीकरण, औजारको उचित प्रयोगका विषमा पनि बृहद् छलफल हुने कर्पोरेशनले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij