Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । साहसिक खेलको माध्यमबाट पर्यटक आकर्षण गर्ने उद्देश्यका साथ इलाममा चट्टान आरोहण तालिम सुरु भएको छ । इलाम नगरपालिका वडा नं. ८ मा रेहको भिरमहमा चट्टान आरोहणमा १ हप्ताको प्रारम्भिक तालिम संचालन भएको हो ।
तालिमको लागि काठमाडौँबाट विश्व कीर्तिमानी सगरमाथा आरोही कल्पना महर्जन त्यहाँं पुगेकी छिन् । त्यहाँं पुगेर आफूले तालिम दिन थालेको उनले बताईन् । कल्पनाको साथमा प्रशिक्षक मनिषा बुढामगर र सुसान्त ढुंगेल पनि रहेका छन् ।
तालिमको आयोजना याम बहादुर (कमल) फाउडेशन इलामले आयोजना गरेको हो । इलाम नगरपालिकाले त्यसका लागि सहयोग गरेको छ । इलामका विभिन्न ठाउँबाट १० जना युवाहरु तालिममा सहभागिता भएका छन् ।
एक हप्ताको प्रारम्भिक तालिम पश्चात केचना कंचनजंघा पर्यटन तथा चलचित्र महोत्सवमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यहाँ चट्टान आरोहण गराउने उद्देश्य रहेको जनाइएको छ।
इलाम नगरपालिकामा साहसिक पर्यटकहरुलाई आकर्षित गर्दै चट्टान आरोहणको लागि पनि इलाम एउटा उत्कृष्ट गन्तब्यको रुपमा विकाश गर्ने प्रारम्भिक कार्यको थालनी समेत भएको महर्जनले बताउछिन ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij