
Apr 30 2025 | २०८२, वैशाख १७ गते
रामेछाप । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रामेछाप जिल्लाको खाँडादेबी गाउँपालिका वडा नम्बर ७ को अध्यक्षमा सुनिल कुमार योन्जनले दाबी गरेका छन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय योन्जनले आगामी बैशाख ३० हुने स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष पदको दाबी गरेका छन् ।
राजनीतिमा युवा पुस्ताको आगामन अनिवार्य जस्तै भएको बेला आफुले युवा पुस्ताको नेतृत्व गर्न वडाध्यक्षामा दाबी गरेको योन्जनले बताए । उनले अहिले शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सामाजिक क्षेत्रमा आफुले परिवर्तन गर्ने योजना रहेको उनले बताए ।
अखिल (क्रान्तिकारी) काठमाडौँ जिल्ला सहसचिवसमेत रहेका योन्जन विभिन्न संघसंस्थामा आवद्ध छन् । कोरोना महामारीको बेला पनि जनतालाई सहयोग गरेका योन्जन वडामा सैबैले रुचाएका युवा नेता हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij