Jun 04 2026 | २०८३, जेठ २१ गते
कञ्चनपुर । नेकपा एमालेबाट निर्वाचन बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका छन् ।
आइतबार मेयर चन्दसँगै पाँचवटा वडाका वडाअध्यक्षहरुलाई समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादीमा प्रवेश गराएका हुन् ।
त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरूलगाएत एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशी लगायतका नेता तथा कार्यकर्ता समेत समाजवादीमा प्रवेश गरेका हुन् ।
१० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेले जितेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij