Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

डोटीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, सात घाइते

डोटीमा जीप दुर्घटनाः दुई जनाको मृत्यु, सात घाइते

  • काठमाडौँ । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । दुर्घटनमा पूर्वी चौकी गाउँपालिका–३ डोटीका १८ वर्षका खेम बोहरा, र ४५ वर्षका पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएकाे छ । 

    images
    images
    images

    घाइते हुनेमा पूर्वीचौकी गाउँपालिकाका योशोदा बोहरा, मोहन बोहरा, अमरसिंह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुलाका लोकराज जोशी रहेका छन् । पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

    घाइतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याइएको छ । घाइतेमध्ये कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij