Jun 05 2026 | २०८३, जेठ २२ गते
धनकुटा । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुनीलबहादुर थापाले सांसदमा रहेका चेलिबेटीहरु असुरक्षित रहेको टिप्पणी गरेका छन् । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आइतबार भएको कार्यक्रलाइ सम्बोधन गर्दै थापाले सांसदसँग चेलिबेटीहरुले होसियार रहनुपर्ने टिप्पणी गरेका छन् ।उनले हालै एक एमाले सांसद बलात्कारको आरोपमा पक्राउ परेको प्रसंग कोट्याएका थिए ।
उनले भन, यहीँ धनकुटामा पनि यस्ता उदाहरणहरु छन्, तर लुकाएर राखिएका छन् ।’धनकुटाको छिन्ताङ घटनालाई अतिरञ्जित गरी सहिद परिवारलाई ३० वर्षदेखि एमालेले बन्धक बनाएको उनले आरोप लगाए ।उनले धनकुटाका सातवटा पालिकामा ४०/५० करोड भ्रष्टाचार भएको दावीसमेत गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij