
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादब मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय विजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन् ।
एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल ३ वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनले एमबिबिएस बङ्गलादेशबाट गरेको परिवारले जनाएको छ । अहिले घटनास्थलमा मोरङ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij