Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

प्रधानमन्त्रीको कार्यभार गृहमन्त्रीलाई

प्रधानमन्त्रीको कार्यभार गृहमन्त्रीलाई


  • काठमाडौँ । प्रधानमन्त्रीको कार्यभार गृहमन्त्री बालकृष्ण खाँणले प्राप्त गरेका छन् । 
    राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा गृहमन्त्री खाँणलाई जिम्मेवारी दिइएको हो । 

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री देउवाको तीन दिने भ्रमणका लागि भारत भ्रमणमा रहेको समयमा उनले सम्हाल्दै आएको दैनिक जिम्मेवारीको कार्यभार गृहमन्त्री खाँणलाई सुम्पिएको राष्ट्रपति कार्यलयले शुक्रबार विज्ञप्तिमा मार्फत जनाएको छ ।

    AGNI GROUP

    ‘प्रधानमन्त्री शेरबहादुर देउवा चैत १८ गते शुक्रबार मित्रराष्ट्र भारततर्फ प्रस्थान गर्नुहुने भएकोले उहाँको अनपस्थितिमा प्रधानमन्त्रीले गर्नुहुने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजनिम सम्मानीय प्रधानमन्त्रीको सिफारिसमा माननीय गृहमन्त्री बालकृष्ण खाँणज्युले सम्हाल्ने गरी तोक्नु भएको छ’ राष्ट्रपति कार्यलयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    यस्तै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफू भारत गएका कारण नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ को उपधारा (१३) बमोजिम खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकेका हुन् ।

    नेपाली कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्काले कार्यवाहक सभापतिको जिम्मेवारी सम्हाल्ने छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij