Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

मतगणनास्थलमा सीसी क्यामेरा 

मतगणनास्थलमा सीसी क्यामेरा 


  • काठमाडौं । निर्वाचन आयोगको आग्रहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७५३ वटै स्थानीय तहलाई पत्राचार गरेको जनाएको छ । 

    images
    images
    images

    बिहीबार आयोजित निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले मतगणनास्थलमा सीसी क्यामेरा राख्ने व्यवस्था मिलाउन संघीय मामिला मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार भएको बताए । 


    उनले स्थानीय तहले पनि सीसीक्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएको बताए । 

    यस्तै आयोगले आफैं किनेर सीसी क्यामेरा राख्दा चुनावपछि त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकाहरुलाई नै आग्रह गरिएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij