Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट

कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट

  •  
    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस नेता–कार्यकर्ताहरुलाइ आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन निर्देशन दिएका छन् ।

    images
    images
    images

    आज मंगलबार चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा बोल्दै नेता सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् । 

    नेता सिंहले कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताए ।

    नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नुपर्ने बताउँदै नेता सिंहले जनताको घरमा पुग्दा शालिनता र नम्र व्यवहार देखाउन  पनि कार्यकर्ताहरुलाई निर्देशन दिए । 

    यस्तै स्थानीय निकायको चुनावमा पार्टीका उमेदवार सिफारिस र चयन पार्टी विधान अनुसार गर्नुपर्ने बताउँदै उनले विधानको व्यवस्थाभन्दा बढी सिफारिस गरेर आफू लोकप्रिय बन्ने र दोष अरु नेताको टाउकोमा थोपर्ने काम नगर्न निर्देशनसमेत दिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij