Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाथीभरा दर्शनका क्रममा तीर्थयात्रीको निधन

पाथीभरा दर्शनका क्रममा तीर्थयात्रीको निधन

  • काठमाडौँ । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो । 

    onlinepatrika
    Arghakhachi

    प्रहरीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा अचानक भूइँमा ढल्नुभएकोमा प्राथमिक उपचार केन्द्र फेदीबाट गएका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक उपचार भई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । 

    AGNI GROUP

    अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाथीभरा मन्दिर जानेक्रममा लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । ढुङ्गाना आफ्नो परिवार र नातागोतासहित मन्दिरको दर्शनका लागि माथिल्लो फेदीमा बास बसेर आज बिहान मन्दिर पुगेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij