Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च र नेपाल फार्मेसी संघले औषधि व्यवस्था विभागमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मञ्च र संघले राष्ट्रिय सर्तकता केन्द्रमा संयुक्त निवेदन पेश गर्दै सिटामोलको तौल वृद्धिमा ओषधि व्यवस्था विभाग स्वार्थ समूहको प्रलोभनमा परेको उल्लेख गर्दै कारबाहीको माग गरेका हुन् ।औषधि व्यवस्था विभागमाथि औषधिको मूल्य बढाउने यस्तो निर्णय गरेको उजुरीमा भनिएको छ ।
‘कुनै आधार र प्रमाणविना केही व्यापारीको स्वार्थमा ६५० मिलिग्रामको सिटामोलको दर्ताविना अनुमति कारोबार गर्न दिने कार्य हुन लागेको छ । यसलाई तत्काल रोकेर छानबिन गरी विभागलाई कारबाही गरियोस्,’ निवेदनमा भनिएको छ । 
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij