Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

त्रिविका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल

त्रिविका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल

  • काठमाडाै‌ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक हिरासत बोकेको त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्ने बताएकी छन् ।  

    onlinepatrika
    Arghakhachi

    भुसालले नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिविको केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उनले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गरिन् ।  

    AGNI GROUP

    त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै उनले भनिन्, “एकले अर्कोलाई देखाउनेभन्दा पनि समस्या समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ ।”

    उनले भनिन्, “भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि विलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।”  मन्त्री भुसालले भनिन्, “अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति त्रिविकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।” 
     
    त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष शिव भुसालले समग्र शैक्षिक सुधारका लागि पनि यस विश्वविद्यालयमा सुधार हुनुपर्नेमा जोड दिए । उनले भुने, “त्रिविले शैक्षिक गुणस्तरको नेतृत्व गर्नुपर्छ, त्यसका लागि निरन्तर काम गर्नुपर्छ ।” कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij