Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

आज १६ अंकले बढ्यो नेप्से

आज १६ अंकले बढ्यो नेप्से

  • काठमाडौँ । आज साताको तेस्रो दिन मंगलबार शेयर बजार १६ दशमलव ०४ अंकले बढेर २,६५० दशमलव ७० को विन्दुमा कायम भउको छ । 

    images
    images
    images

    आज १०६ वटा कम्पनीको शेयर बढेको छ भने ७७ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज ट्रेडिङ बाहेक सबै उपसूचक बढेका छन् । आज सबैभन्दा धेरै म्युचुअल फण्ड उपसूचक बढेको छ ।

    आज दिनभरिमा २३५ वटा कम्पनीको ५३ करोड २९ लाख ९९३ कित्ता शेयर कारोबार हुँदा २ अर्ब ५१ करोड ८८ लाख ९४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु लाइफको संस्थापक शेयर कारोबार भएको छ । जसको १५ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    त्यस्तै, नेपाल टेलिकमको १० करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ज्योति विकास बैंकको ८ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको ८ करोडमाथिको शेयर कारोबार भएको छ ।

    त्यसैगरी आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । राष्ट्र उत्थान लघुवित्तका लगानीकर्ताले ६ दशमलव ०९ प्रतिशतका दरले कमाएका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij