Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बेहाल तालतलैया

बेहाल तालतलैया

  • काठमाडौैँ । प्राकृतिक संम्पदाले भरिपुण देश नेपालमा गौरवमय इतिहास बोकेका विभिन्न संरचनाहरु यतिबेला नाशिँदै जान थालेका छन् । प्रविधि र आधुनिकताको भिडमा अल्झिँदै गएको अहिलेको जमातले ती प्राकृतिक संरचनाको अस्तित्व नाश्दै गएको पाइन्छ ।

    images
    images
    images

    आधुनिक संरचामा रमाउने युवा पुस्ताले हाम्रा पुराना प्राकृतिक सम्पदाको इतिहासबारे खासै चासो नदिएका हुन् या अघिल्लो पुस्ताले यसबारे जानकारी दिन नसकेका हुन् यो त बहसको विषय रहला । तर विश्वसामु नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो भनि चिनाइरहँदा यसरी सम्पदाको संरक्षण नहुनाले भोलिका दिनमा हाम्रो उक्तिले हामीलाई लज्जित नबलाउला भन्न सकिन्न । 

    देशका अधिकांश स्थानमा रहेका मठमन्दिर, तालतलैया नाशिँदै जानु हाम्रो परम्परा र संकृति पनि नासिनु हो । मानव सभ्यताको विकसक्रमसँगै क्रमिक रुपमा विकास हुँदै आएको प्रविधि र यसमै विलिन हुन खोज्ने मानवीय आचरणका कारण पनि यस्तो समस्या निम्तिएको आँकलन गर्न सकिन्छ । 

    देशको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको पोखरामा रहेका प्रमुख तालहरुः फेवा, बेगनास, रुपाबाहेकका अन्य तालहरु नाशिँदै जान थालेका छन् । यस्तै, कर्णाली प्रदेशमा पर्ने मुगुस्थित रारा ताल, मनाङस्थित तिलिचो ताल, डोल्पास्थित सेफक्सुन्डो ताललगायतका ताल संरक्षित हुन् । 
     
    चार दर्जन प्राकृतिक ताल रहेको कञ्चनपुरमा यतिवेला संरक्षणको अभाव देखिएको छ । सबैभन्दा ठुला तालका रुपमा रहेका पुरैना र बन्दा बाहेकका अन्य ताल संरक्षणको अभावमा तड्पिरहेका छन् । पानीको ठाउँमा घाँस उम्रिने तथा पुरिँदै जाने सस्याबाट पीडित प्रमुख तालका रुपमा शुक्लाफाँटा नगरपालिका– ८ स्थित मणिका धाममा रहेको(मुडका) मुड्का ताल पनि हो । मन्दिसँगै रहेकोले तालको पानी कहिल्यौ ननासिने धार्मिक किम्बदन्ती रहेको सो तालमा पछिल्लो समय पानी सुक्दै गएकोले यसको संरक्षणमा आफूहरु जुटेको नगर प्रमुख दिलबहादुर ऐरले बताउँछन् । 

    यसबाहेक पनि देशका अधिकाशं ठाउँमा रहेका प्राकृतिक सम्पदाको संरक्षणमा राज्यले चासो देखाउन नसक्दा नाशिँदै जाने क्रम चलिरेको छ । यसरी प्राकृतिक, धार्मिक तथा मौलिक सम्पदा नाशिनाले पर्यटन व्यावसाय तथा अन्य क्षत्रमा असर पार्नुका साथै देशको गरिमामा समेत प्रभाव पार्ने आँकलन गर्न सकिन्छ ।  

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij