Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

होलीको रङ जस्तै नेपाली समाज : राष्ट्रपति भण्डारी 

होलीको रङ जस्तै नेपाली समाज : राष्ट्रपति भण्डारी 


  • काठकाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि विविधतापूर्ण रहेको कताएकी छन् । 

    onlinepatrika
    Arghakhachi

    राष्ट्रपतिले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै फागुपूर्णिमाका अवसरमा जारी शुभकामना सन्देशमा उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरिन् ।  

    AGNI GROUP

    यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गरिन् । 


    संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नका लागि पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सके मात्र  अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिने राष्ट्रपतिको सन्देशमा भनिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij