Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः सिंह निर्वाचित

निर्माण व्यवसायी महासंघको अध्यक्षमा पुनः सिंह निर्वाचित

  • काठमाडौँ । निर्माण व्यवसायी महासंघ (एफक्यान)का अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । यसअघिको कार्यकालमा समेत अध्यक्ष रहेका सिंहले निकोलश पाण्डे र हुमनाथ कोइरालालाई पराजित गरेका दोस्रो कार्यकालको लागि पुनः अध्यक्ष बनेका हुन् । 

    onlinepatrika
    Arghakhachi

    यस्तै, महासंघको वरिष्ठ उपाध्यक्ष र महासचिव पनि  सिंह प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा र महासचिवमा रोशन दाहाल निर्वाचित भएका हुन् । 

    AGNI GROUP

    उपाध्यक्षमा भने पाण्डे समूहको वर्चश्व देखिएको छ । एसोसिएट उपाध्यक्षमा रामजी पन्त(मुकेस), प्रदेश १ बाट उपाध्यक्षमा मोहन प्रसाद अधिकारी, लुम्बिनी प्रदेशबाट उपाध्यक्षमा टोप बहादुर रायमाझी निर्वाचित भएका छन्। त्यसैगरी बागमती प्रदेशबाट बालकृष्ण थापा र गण्डकी प्रदेश उपाध्यक्षमा खेम राज मल्ल निर्वाचित भएका छन्। निर्वाचित पाँचै जना उपाध्यक्ष पाण्डे प्यानलका हुन्। 

    यस्तै उप–महासचिव नीतिगत तर्फ शिवहरि घिमिरे, मधेस प्रदेश बाट शम्भु ठाकुर, बागमती प्रदेशबाट बालकृष्ण थापा, लुम्बिनी प्रदेशबाट टोप बहादुर रायमाझी, कर्णाली प्रदेशबाट रत्न बहादुर खड्का र सुदूरपश्चिम प्रदेशबाट प्रकाश सेठी निर्वाचित भएका छन् । उपमहासचिव नितिगततर्फ शिवहरी घिमिरे र आन्तरिकतर्फ नरहरि थपलिया निर्वाचित भएका छन् ।यस्तै कोषाध्यक्ष हिरान श्रेष्ठ र सह–कोषाध्यक्ष सन्तोष शाह निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij