Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं/ साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ८ अंक बढेको छ। बिहीबार ५२.३१ अंक बढेर २५६६.९० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.३६ अंक बढेर २५७५.२७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.६७ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा १८ स्टकको ६६ लाख ५९ हजार १०२ रुपैयाँ ९९ पैसा बराबरको १२ हजार ८०६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij